नियम
सञ्चालक समितिको बैठक र निर्णय

(१) सञ्चालक समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) सञ्चालक समितिको बैठक बस्नुभन्दा कम्तीमा चौविस घण्टा अगावै सदस्य– सचिवले बैठकम छलफलमा हुने विषयहरुको सूचीसहितको सूचना सबै सदस्यहरुलाई दिनु पर्नेछ ।
(३) सञ्चालक समितिको कूल सदस्य संख्याको कम्तीमा पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) सञ्चालक समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थिततिमा उपस्थित सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(५) सञ्चालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षतामा गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) सञ्चालक समितिको बैठकमा अध्यक्षले आवश्यकता अनुसार कुनै विषयका विशेषज्ञ, कुनै कर्मचारी, कुनै ट्रेड युनियनका पदाधिकारी वा अन्य व्यक्तिलाई आमन्त्रण गर्न सक्नेछ ।
(७) सञ्चालक समितिको निर्णय सञ्चालक समितिको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(८) सञ्चालक समितिको बैठकमा भाग लिए बापत सदस्य तथा आमन्त्रित सदस्यले सञ्चालक समितिले तोके बमोजिमको बैठक भत्ता पाउने छन् ।
(९) सञ्चालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सञ्चालक समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।