दफा २०
सञ्चालकको योग्यता
गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि देहाय बमोजिम योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः– (क) नेपालको नागरिक भएको, (ख) उच्च नैतिक चरित्र भएको, (ग) आर्थिक, मौद्रिक, बैड्ड्ग, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांड्ढशास्त्र, गणित तथा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैंकको बिशिष्ठ श्रेणीको पद वा विश्व विद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय सस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ । (घ) दफा २१ बमोजिम अयोग्य नभएको ।