दफा ६५
सडी गली जाने वन पैदावार मालवस्तु र चौपाया लिलाम गर्न सकिने
(१) यस ऐन अन्तर्गत सजाय हुने कसुरको सम्बन्धमा कब्जा गरिएका सडी गली जाने वन पैदावार मालवस्तु वा संरक्षण प्रदान गर्न नसकिने अवस्थाका वन पैदावार मालवस्तु वा चौपायालाई नजिकको वन कार्यालय वा सुरक्षित स्थानमा ल्याई डिभिजनल वन अधिकृतले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई लिलाम बिक्री गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम लिलाम बिक्रीबाट प्राप्त हुन आएको रकम त्यस्तो मुद्दा फैसला हुँदाका बखत ठहरे बमोजिम हुने गरी धरौटीमा आम्दानी बाँधिनेछ ।