दफा
सदस्य पदको लागि अयोग्यता
: देहायको कुनै व्यक्ति सदस्य पदको लागि अयोग्य मानिनेछ :-
(क)    गैर नेपाली नागरिक,
(ख)    कुनै राजनीतिक दलको सदस्य भएको,
(ग)     तीस वर्ष उमेर नपुगेको र पैंसठ्ठी वर्ष उमेर पूरा भएको,
(घ)    बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको,
(ङ)     साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(च)    नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर भएको,
(छ)    कोषसँग कुनै किसिमको वित्तीय स्वार्थ भएको,
(ज)    प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(झ)    कुनै पनि सुरक्षित सदस्य संस्था वा सदस्य संस्थामा कर्मचारी भएको ।