दफा ९
सदस्यको काम, कर्तव्य र अधिकार
९. सदस्यको काम, कर्तव्य र अधिकारः
सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफ्नो जिम्मेवारीको क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रममा आयोगको तर्फबाट राय दिने प्रयोजनको लागि आायोगमा पेश गर्ने,
(ख) आफ्नो जिम्मेवारीको क्षेत्रसँग सम्बन्धित बार्षिक कार्यक्रम सरकारको नीति र कार्यक्रम अन्तरगत रही स्वीकृति दिने,
(ग) आफ्नो जिम्मेवारीको क्षेत्रसँग सम्बन्धित क्षेत्रगत नीति, आयोजना तथा कार्यक्रमको सुपरिवेक्षण, अनुगमन तथा मुल्यांकन गर्ने,
(घ) आफ्नो जिम्मेवारीको क्षेत्रसँग सम्बन्धित आयोजनाको वार्षिक प्रगति प्रतिवेदन तयार गरी उपाध्यक्ष समक्ष पेश गर्ने,
(ङ) उपाध्यक्षले तोके बमोजिमका अन्य काम गर्ने ।