दफा १८
सदस्य-सचिवको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) परिषद्को वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गरी समितिबाट पारित गराई परिषद्को बैठकमा पेश गर्ने,
(ख) परिषद् तथा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) परिषद्बाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन गर्ने, गराउने,
(घ) परिषद्को कर्मचारी व्यवस्थापन तथा समग्र व्यवस्थापकीय र प्रशासकीय कार्य गर्ने, गराउने,
(ङ) नेपाल सरकारको स्रोत बाहेक अन्य स्रोतबाट अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगितामा भाग लिन खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतका प्रतिनिधि पठाउने र सोको जानकारी मन्त्रालयलाई दिने,
(च) मन्त्रालय, राष्ट्रिय खेल संघ वा महासंघसँग आवश्यक समन्वय गर्ने,
(छ) परिषद्को सार्वजनिक खरिद सम्बन्धी काम गर्ने,
(ज) परिषद्को चल अचल सम्पत्तिको संरक्षण गर्ने, गराउने,
(झ) लेखा उत्तरदायी अधिकृत भई कामकाज गर्ने, गराउने,
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने ।