दफा
सभाको काम, कर्तव्य र अधिकार
सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–(क)विश्वविद्यालयको नीति निर्धारण गर्ने,(ख) खुला शिक्षा प्रणालीद्वारा
विभिन्नविषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने,(ग) विश्वविद्यालयको व्यवस्थापन तथा सञ्चालनका लागि विश्वविद्यालयका विभिन्न
संगठन तथा सो अन्तर्गतका निकायलाई आवश्यक मार्गदर्शन गर्ने,(घ) विश्वविद्यालयबाट प्रदान गरिने विभिन्न उपाधिनिर्धारण गरीप्रदान गर्ने,(ङ)विश्वविद्यालयको
योजना, वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने,(च) विश्वविद्यालयकाेनियमस्वीकृत गर्ने,(छ)सभामा प्राप्त भएका विभिन्न प्रस्ताव छलफल गरी स्वीकृत गर्ने,(
ज)विश्वविद्यालयको वार्षिक प्रतिवेदनतथा लेखा परीक्षण प्रतिवेदनउपर छलफल गरीपारित गर्ने,(झ)विश्वविद्यालयमा वित्तीय अनुशासन कायम राख्न कार्यकारी परिषद्
लाई निर्देशन दिने, (ञ)तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।