सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयको नीति निर्धारण गर्ने ।
(ख) विश्वविद्यालयलाई मार्ग दर्शन गर्ने ।
(ग) विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरुको सञ्चालन र प्रबन्ध गर्ने, गराउने ।
(घ) क्याम्पसहरुको संस्थापन एवं सम्बन्धन बारे आवश्यक प्रबन्ध गर्ने, गराउने ।
(ङ) विश्वविद्यालयबाट प्रदान गरिने उपाधिहरु निर्धारण गर्ने र प्रदान गर्ने ।
(च) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने ।
(छ) विश्वविद्यालय सम्बन्धी नियमहरु पारित गर्ने ।
(ज) विश्वविद्यालयका आङ्गिक एवं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुलाई निर्देशन दिने र मार्ग दर्शन गर्ने ।
(झ) विश्वविद्यालय अन्तर्गतका निकायहरुको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने ।
(ञ) विश्वविद्यालयको लेखा परीक्षण प्रतिवेदन माथि छलफल गर्ने र स्वीकृति दिने ।
(ट) विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायहरुको शैक्षिक तथा प्रशासनिक नीति निर्धारण गर्ने, गराउने ।
(ठ) विश्वविद्यालयको कुनै नयाँ कार्यक्रम सञ्चालन गर्ने अनुमति प्रदान गर्ने ।
(ड) विश्वविद्यालयको आवश्यकता अनुसार विभिन्न समिति, उप–समिति वा कार्य टोलीहरुको गठन गर्ने ।
(ढ) विश्वविद्यालयको पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा तथा शर्त निर्धारण गर्ने ।
(ण) तोकिए बमोजिम अन्य काम गर्ने ।