दफा
सभाको काम, कर्तव्य र अधिकार

सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) संस्कृत उच्च शिक्षाका लागि विद्यापीठहरूको स्थापना सञ्चालन र प्रबन्ध गर्ने,

(ख) उत्तर मध्यमा, शास्त्री, आचार्य, विद्यावारिधि उपाधिहरूको स्थापना गर्ने, प्रदान गर्ने,

(ग) विश्वविद्यालयको वार्षिक कार्यक्रमलाई स्वीकृति दिने र वार्षिक बजेट पारित गर्ने,

(घ) विश्वविद्यालयका नियमहरू पारित गर्ने,

(ङ) विश्वविद्यालयलाई मार्गदर्शन दिने,

(च) विश्वविद्यालयको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने र कार्यक्रमको मूल्याङ्कन गर्ने,

(छ) लेखापरीक्षण प्रतिवेदन माथी छलफल गर्ने र स्वीकृति दिने,

(ज)  …………..

(झ) आवश्यकतानुसार विशेष समितिहरू गठन गर्ने ।