दफा
सभाको गठन
(१) विश्वविद्यालयमा सर्वोच्च निकायको रुपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछः- (क) कुलपति - अध्यक्ष (ख) सदस्य,राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने) - सदस्य (ग) /उप-कुलपति - सदस्य (घ) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग - सदस्य (ङ)- सचिव, नेपाल सरकार, अर्थ मन्त्रालय - सदस्य (च) सचिव, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य (छ) सचिव, नेपाल सरकार, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय - सदस्य (ज) सचिव, नेपाल सरकार, वन तथा बातावरण मन्त्रालय - सदस्य (झ) सचिव, नेपाल सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय - सदस्य (ज) अन्य विश्वविद्यालयका उप-कुलपतिहरूमध्येबाट दुईजना - सदस्य (ट) अन्य विश्वविद्यालय तथा प्रचलित कानून बमोजिम स्थापना भएका अध्ययन प्रतिष्ठानका पूर्वउप- कुलपतिहरूमध्येबाट एकजना - सदस्य (ठ) डीनहरूमध्येबाट एकजना - सदस्य (ङ) निर्देशकहरूमध्येबाट एकजना - सदस्य (ढ) विश्वविद्यालयका प्राध्यापकहरूमध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य (ण) गैरआवासीय नेपाली संघको अध्यक्ष वा निजले तोकेको सो संघको प्रतिनिधि - सदस्य (त) उद्योगपति, व्यापारी, चन्दादाता, समाजसेवी वा शैक्षिक वा प्राज्ञिक क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएका व्यक्तिहरूमध्ये सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी कम्तीमा दुईजना महिला सहित पाँचजना - सदस्य (थ) कुल सचिब - सदस्य-सचिव (३) कुल सचिवको नियुक्ति नभएसम्मको लागि सभाको सदस्य–सचिवको काम कुलपतिले तोकेको सभाको कुनै सदस्यले गर्नेछ ।
(४) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन कार्यकारी परिषद्को सिफारिसमा कुलपतिबाट हुनेछ ।(५) उपदफा (२) बमोजिम
कामनोनीत सदस्यहरुकोपदावधि चार वर्षको हुनेछ । (६) कुनै कारणले मनोनीत सदस्यको पदरिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा(४) बमोजिमको प्रक्रिया पूरा गरी अर्काे व्यक्तिलाई मनोनयन गरिनेछ ।