दफा १०
सभाको बैठक
: (१) सभाको बैठक वर्षको कम्तीमा दुईपटक बस्नेछ ।
(२) सभाको बैठक सभाको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सभाको बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सभाको सदस्य–सचिवले सबै सदस्यहरुलाई दिनु पर्नेछ ।
(४) सभामा तत्काल कायम रहेका सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) सभाको बैठकको अध्यक्षता सभाको अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ ।
(६) सभाको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) सभाको बैठकको निर्णय सभाको सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(८) सभाले प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ तथा आजीवन सदस्यलाई सभाको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(९) सभाको बैठक सम्बन्धी अन्य कार्यविधि सभा आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।