नियम ८३
समाजसेवी तथा बालमनोविज्ञ सूचीकृत र नियुक्त गर्ने
(१) ऐनको दफा ६२ को उपदफा (२) बमोजिम समाजसेवी तथा बाल मनोविज्ञलाई सूचीकृत गर्नको लागि स्थानीय बालअधिकार समितिले एक्काइस दिनको म्याद दिई स्थानीय तहमा सञ्चालनमा रहेका सार्वजनिक सञ्चार माध्यमद्वारा सार्वजनिक सूचना जारी गर्नु पर्नेछ र त्यस्तो सूचना स्थानीय तहको सूचनापाटीमा टाँस गरी वेबसाइटमा समेत राख्नु-पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको सूचना अनुसार देहाय बमोजिमको योग्यता भएका समाजसेवी तथा बाल मनोविज्ञले सोही सूचनाले तोकेका कागजात तथा व्यक्तिगत विवरणसहित स्थानीय बालअधिकार समितिमा सूचीकृत हुन निवेदन दिनु पर्नेछ:-
(क) नेपाली नागरिक,
(ख) नैतिकपतन देखिने फौजदारी अभियोग वा बालबालिका विरूद्धको कसूरमा अदालतबाट कसूरदार नठहरिएको,
(ग) असल चरित्र भएको,
(घ) संमाजसेवीको रूपमा सूचीकृत हुनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तीमा प्रविणता प्रमाण पत्र तह वा बाह्र कक्षा उत्तीर्ण गरेको र सामाजिक कार्य सम्बन्धी विषयमा कम्तीमा एक महिना तालीम प्राप्त गरेको,
(ङ) बालमनोविज्ञको रूपमा सूचीकृत हुनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट मनोविज्ञान वा सम्बन्धित विषयमा स्नातक गरेको वा कम्तीमा प्रविणता प्रमाण पत्र तह वा बाह्र कक्षा उत्तीर्ण गरी मान्यता प्राप्त निकाय वा तालीम प्रदायक संस्थाबाट बालमनोविज्ञान सम्बन्धमा कम्तीमा एक ८ महिनाको तालीम प्राप्त गरेको ।
(३) उपनियम (२) बमोजिमको निवेदन र कागजात जाँच गर्दा योग्यता पुगेका निवेदकलाई समाजसेवी वा बालमनोविज्ञका रूपमा स्थानीय बाल अधिकार समितिले सूचीकृत गर्नेछ।
(४) उपनियम (३) बमोजिम सूचीकृत समाजसेवी वा बाल मनोविज्ञलाई बाल संरक्षण सम्बन्धी कार्य र सेवा प्रवाहको कार्यमारको आधारमा स्थानीय; बाल अधिकार समितिको सिफारिसमा स्थानीय तहले आवश्यक सङ्ख्यामा नियुक्त गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम समाजसेवी तथा बाल मनोविज्ञको नियुक्ति प्रक्रिया र छनौटको आधार स्थानीय कानून बमोजिम हुनेछ ।
(६) ऐन तथा यस नियमावलीमा उल्लिखित काम, कर्तव्यका अतिरिक्त बालबालिकाको हकहितसँग सरोकार राख्ने स्थानीय बाल: अधिकार समितिले तोकेको काम समाजसेवी तथा बाल मनोविज्ञले गर्नेछ ।
(७) उपनियम (४) बमोजिम नियुक्त हुने समाजसेवी तथा बालमनोविज्ञको सेवाका शर्त तथा सुविधा स्थानीय तहले निर्धारण गरेबमोजिम हुनेछ।