नियम १०
समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकलाई हटाउन सक्ने

(१) नियम ९ बमोजिम तोकिएको सूचीमा उल्लेखित समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकले खराब आचरण गरेमा वा कार्यक्ष्ँमताको अभावले काम गर्न नसकेमा वा निजले अधिकारको दुरुपयोग गरेमा वा बाल अदालत वा बाल इजलासमा बस्न सूचित गर्दा लगातार तीन पटकसम्म उपस्थित नभएमा निजको नाम सम्बन्धित जिल्ला अदालतले सूचीबाट हटाउन सक्नेछ ।
(२) नियम ९ बमोजिम सूचीमा रहेको कुनै समाजसेवी, बाल विशेषज्ञ वा बाल मनोवैज्ञानिकले आफ्नो नाम हटाउन जिल्ला अदालत समक्ष निवेदन दिएमा जिल्ला अदालतले निजको नाम सूचीबाट हटाई सोको जानकारी सर्वोच्च अदालत र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम सूचीबाट नाम हटाउनु पूर्व सम्बन्धित जिल्ला अदालतले निजलाई सुनुवाईको मौका दिनु पर्नेछ ।