दफा ७४
समिति गठन गर्न सक्ने
यस परिच्छेद बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको पहिचान, सूचीकरण गर्ने र्‌ सूचीबाट नाम हटाउने, त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का र फुकुवा गर्ने, अनुगमन गर्ने वा गराउने र सो सम्बन्धमा भए गरेका काम कारबाहीको समीक्षा सहितको प्रतिवेदन पेस गर्ने सम्बन्धमा सरोकारवाला निकायको प्रतिनिधित्व रहने गरी गृह मन्त्रालयले एक समिति गठन गर्न सक्नेछ।