नियम ३८
समितिका सदस्यहरूलाई पारिश्रमिक
(१) कमिशन नपाउने गरी तोकिएको ऋण बाहेक समितिबाट लगानी भएको ऋणको व्याजबाट प्राप्त रकममध्ये समितिको कोषको लागि १० प्रतिशत छुट्याई अनिवार्य बचत रकमको संरक्षण र संचालनको निमित्त आवश्यक मसलन्द र अरू आवश्यक काममा ५ प्रतिशत नबढाई खर्च गरी ३० प्रतिशत समितिका सदस्यले र नियम ३९ग. बमोजिम हिसाब किताबको जिम्मेवारी लिने व्यक्ति समेतले सोही नियममा लेखिए बमोजिम पाउने छन् । (२) उपनियम (१) बमोजिम पाउने बाहेक समितिका सदस्यहरूले आफूले वर्ष भरिमा संकलन गरेको बचत रकमको १ प्रतिशतले हुन आउने रकम समेत पाउने छन् । (३) समितिको कोषको लागि छुट्याएको कमिशनको प्रतिशत समिति कोषमा जम्मा गरिनेछ ।