नियम ५
समितिको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा ३१ र यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना पारदर्शी, प्रभावकारी तथा सुव्यवस्थित ढंगबाट सञ्चालन गर्न आवश्यक कार्य गर्ने ।
(ख) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजनाको वार्षिक समिक्षा गर्ने ।