नियम १२
समितिको अन्य काम, कर्तव्य र अधिकार
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) मुक्त कमैयालाई बसोबास गराउन उपयुक्त जग्गाको पहिचान गरी मन्त्रालय समक्ष सिफारिस गर्ने,
(ख) यस नियमावली बमोजिम बसोबासको लागि जग्गा उपलब्ध गराइएका, जग्गा उपलब्ध गराउन बाँकी रहेका तथा जग्गा प्राप्त गरे पनि विभिन्न कारणले जग्गा भोग गर्न नपाएका मुुक्त कमैयाको अद्यावधिक लगत तयार गर्ने,
(ग) मुक्त कमैयाको लागि विभिन्न निकाय तथा गैरसरकारी संघ संस्थाहरुबाट सञ्चालन गरिने कार्यक्रमहरुको समन्वय गर्ने,
(घ) मुक्त कमैयाको आय आर्जन, व्यवसाय र रोजगार प्रबद्र्धनको लागि नेपाल सरकारले लागु गरेका कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सहयोग पु¥याउने ।