नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८ सम्झनु पर्छ ।

(ख) “प्रमाणपत्र” भन्नाले नियम १४ बमोजिम प्रदान गरिएको समूह दर्ताको प्रमाणपत्र सम्झनु पर्छ ।

(ग) “मन्त्रालय” भन्नाले भूमि सुधार तथा व्यवस्था मन्त्रालय सम्झनु पर्छ ।

(घ) “समूह” भन्नाले नियम १४ बमोजिम दर्ता भएको मुक्त कमैयाहरुको समूह सम्झनु पर्छ ।