दफा
समितिको काम, कर्तव्य र अधिकार ः

४. समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) भानु जन्मस्थलको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गराउने,
(ख) भानु जन्मस्थलको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट नगद वा जिन्सी वा अन्य कुनै प्रकारको सहयोग प्राप्त गर्ने,
(ग) आदिकवि भानुभक्तसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेको प्राचीन साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरूको संरक्षण, सम्बद्र्ध एवं पुननिर्माण गर्ने,
(घ) भानु जन्मस्थलमा रहेको भानु पुस्तकालयलाई नेपाली भाषा र साहित्यको केन्द्रको रूपमा सुदृढ गराउने,
(ङ) आदिकवि भानुभक्तका समकालीन साहित्यकारहरूको हस्तलिखित पाण्डुलिपी एवं मुद्रित सामग्रीहरू तथा भानुभक्तसंग सम्बन्धित प्राचीन सामग्रीहरूको सङ्कलन र संरक्षण गर्ने,
(च) भानु जन्मस्थलको प्राकृतिक सम्पदा एवं वातावरणको संरक्षण तथा सम्बद्र्धन गर्ने,
(छ) भानु जन्मस्थलमा रहेका शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, पुल, ढल, कुलो, पानी, विजुली, टेलिफोन, सडक जस्ता आधारभूत चिजहरूलाई  व्यवस्थित गर्ने,
(ज) भानु जन्मस्थलमा समय समयमा भाषिक, साहित्यिक, शैक्षिक तथा साँस्कृतिक महत्वका सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनको आयोजना गर्ने,
(झ) भानु जन्मस्थलसंग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरू बीच आवश्यक समन्वय गराउने,
(ञ) भानु जन्मस्थलको गरिमालाई आघात पु¥याउने कामहरूको नियन्त्रण तथा निषेध गर्ने र
(ट) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि अन्य काम गर्ने, गराउने ।