दफा
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) सरकारी लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम र प्राथमिकता निर्धारण गरी वर्गीकरण गर्ने ।
(ख) निजीकरणसम्बन्धी कार्यक्रमको तर्जुमा गर्न अध्ययन तथा अनुसन्धान गर्ने, गराउने।
(ख१) सरकारी लगानी व्यवस्थापन गर्नु पर्ने प्रतिष्ठानको पहिचान गर्ने |
(ग) प्रतिष्ठानहरूको मूल्यांकन गराई निजीकरणको प्रकृयाको सिफारिश नेपाल सरकार समक्ष पेश गर्ने ।
(घ) निजीकरणसम्बन्धी कार्य गर्ने सम्बन्धमा आइपरेका बाधा अवरोध फुकाउने र समन्वय कायम गर्ने ।
(ङ) निजीकरण सम्बन्धमा भएका निर्णय तथा सम्झौताहरूको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने।
(च) निजीकरण गर्ने सम्बन्धमा आवश्यकता अनुसार उप–समितिहरू गठन गर्ने ।
(च१) सरकारी लगानी व्यवस्थापन सम्बन्धमा आवश्यक मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउन अर्थ मन्त्रालयमा सिफारिस गर्ने ।
(छ) निजीकरण गर्ने सम्बन्धमा आवश्यक परेमा अन्य कामहरू गर्ने, गराउने।