दफा
समितिको काम, कर्तव्य र अधिकार

४. समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः–

(क) परराष्ट्र मामिला सम्बन्धमा अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने,
(ख) अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न पक्षहरूको अध्ययन र अनुसन्धान गर्ने र परराष्ट्र मामिला सम्बन्धमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीति बारे अध्ययन र अनुसन्धानका आधारमा अवधारणापत्र तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(ग) परराष्ट्र मामिला सम्बन्धमा सम्मेलन, प्रवचन, गोष्ठी र विचार विमर्श आदिको आयोजना गर्ने, गराउने,
(घ) नेपालले अख्तियार गरेको कूटनीतिक सम्बन्धको अभ्यासमा सामयिक सुधार र परिमार्जन गर्न नेपाल सरकारलाई सुझाव दिने,
(ङ) परराष्ट्र मामिला सम्बन्धमा देखापरेका समस्यामूलक विषयमा अध्ययन र अनुसन्धान गर्ने, गराउने,
(च) कन्सुलर सम्बन्धी अभ्यासलाई सामयिक सुधार र परिमार्जन गर्न नेपाल सरकारलाई सुझाव दिने,
(छ) नेपाल सरकारको विभिन्न निकायका कर्मचारीहरूलाई परराष्ट्र मामिला तथा कूटनीतिक अभ्यासका सम्बन्धमा प्रशिक्षण दिने,
(ज) नेपालको परराष्ट्र सम्बन्ध, कूटनीतिक अभ्यास, पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा शोधपत्र, अनुसन्धान, कृति वा त्यस्तै अन्य लेख, रचना प्रकाशन गर्ने तथा त्यसको बिक्री वितरण गर्ने,

(ज) ……………………………………………………. परराष्ट्र मामिला सम्बन्धी अभिलेख तथा सूचनाहरू अद्यावधिक गरी राख्ने र आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने,

(झ) नेपालले विदेशी मुलुकमा आफ्नो राजदूतावास, महावाणिज्यदूतावास वा वाणिज्यदूतावास वा अन्य नियोग खोल्दा अपनाउनु पर्ने मापदण्डका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(ञ) समितिको वार्षिक नीति, योजना र कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने,
(ट) नेपालको परराष्ट्र मामिला तथा कूटनीतिक सम्बन्ध सम्बन्धी अभिलेख तथा सूचनाहरू अद्यावधिक गरी राख्ने र त्यस्ता विषयको स्रोत केन्द्रको रूपमा समितिलाई विकास गर्ने,
(ठ) समितिको कार्य सञ्चालनको लागि बजेट पारित गर्ने,
(ड) समितिले आफ्नो उद्देश्य प्राप्तिको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय  संघ, संस्था वा व्यक्तिसँंग सम्पर्क र समन्वय गर्ने,
(ढ) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिका लागि आवश्यक कार्यहरू गर्ने गराउने ।