४. समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पाथीभरा क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने ।
(ख) पाथीभरा क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्था, निकाय वा व्यक्तिसंग सम्पर्क र समन्वय गर्ने ।
(ग) पाथीभरा क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक तथा साँस्कृतिक पक्षको विकासको निमित्त त्यस क्षेत्रभित्रका प्राचीन ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक तथा ऐतिहासिक महत्वका प्राचीन स्थल तथा वस्तुहरूको अन्वेषण तथा अनुसन्धान
गर्ने ।
(घ) पाथीभरा क्षेत्रभित्र पर्यटनको लागि उपयुक्त हुने स्थानहरूमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरू स्वीकृत गर्ने ।
(ङ) पाथीभरा क्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र सम्बेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने ।
(च) पाथीभरा क्षेत्रभित्र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने ।
(छ) पाथीभरा क्षेत्रभित्र शैक्षिक संस्था, अस्पताल, पुल, ढल, विजुली, टेलिफोन, सडक जस्ता सार्वजनिक उपयोगका साधनहरू सुव्यवस्थित गर्ने व्यवस्था मिलाउने, फोहर मैला हुन नदिने गरी स्वच्छता कायम गर्ने र सो क्षेत्रभित्रका नेपाल सरकारको
कार्यालयहरू, स्थानीय निकायहरू र गैर सरकारी संस्थाहरूसंग समन्वय राखी कार्यक्रमहरू सञ्चालन गर्ने ।
(ज) पाथीभरा क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।
(झ) पाथीभरा क्षेत्रको योजनाबद्ध विकास गर्दा सुव्यवस्थित रूपले निर्माण र मर्मत सम्भार कार्य गर्ने ।
(ञ) पाथीभरा क्षेत्रभित्र सरकारी, गैर सरकारी, निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्न विभिन्न निकायहरू बीच समन्वय कायम गर्ने ।
(ट) पाथीभरा क्षेत्रभित्रका पुरातात्विक महत्वको स्थानलाई सुरक्षित स्थान घोषणा गर्ने ।
(ठ) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य कार्यहरू गर्ने, गराउने ।