२. परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा –
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित पाथीभरा क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “पाथीभरा क्षेत्र” भन्नाले देहाया क्षेत्रहरू सम्झनु पर्छ ः– ९ज्ञ० ताप्लेजुङ जिल्ला फुङ्लिङ्ग गाउँ विकास समितिको वडा नं. ६ को सम्पूर्ण क्षेत्र । ९द्द० ताप्लेजुङ जिल्ला हाङदेवा गाउँ विकास समितिको वडा नं. १ को सम्पूर्ण क्षेत्र । ९घ० ताप्लेजुङ जिल्ला फुरुम्बु गाउँ विकास समितिको वडा नं. १ र ९ का सम्पूर्ण क्षेत्र । ९द्ध० ताप्लेजुङ जिल्ला फावाखोला गाउँ विकास समितिको वडा नं. ४ को सम्पूर्ण क्षेत्र ।
क्षेत्र । ९ट० ताप्लेजुङ जिल्ला लिङखिम गाउँ विकास समितिको वडा नं. १ को सम्पूर्ण क्षेत्र ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य– सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।