दफा
समितिको कोष

(१) समितिको कार्य सञ्चालनको लागि एउटा छट्टुै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट
प्राप्त रकम,
(ग) समितिको चल–अचल सम्पत्ति भाडामा दिएर प्राप्त हुने रकम,
(घ) समितिले उपलव्ध गराउने सेवा बापत प्राप्त हुने रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नुपूर्व समितिले अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) समितिले उपदफा (१) बमोजिमको कोषमा रहने रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(५) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) समितिको लेखा कार्यकारी निर्देशक र समितिको लेखासम्बन्धी काम गर्ने कर्मचारीको संयुक्त हस्ताक्षरबाट सञ्चालन गरिनेछ ।