दफा
समितिको कोष

९. ९. समितिको कोषः

(१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ । समितिको खर्च सोही कोषबाट व्यहोरिने छ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछः–

(क) नेपाल सरकारबाट समितिका नाममा तलब, भत्ता तथा अन्य सुविधा बापत प्राप्त रकम,
(ख) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ग) विदेशी सरकार, संघ संस्था वा व्यक्ति वा अन्तराष्ट्रिय संघ संस्थाहरूबाट प्राप्त हुने सहयोग, अनुदान वा ऋण रकम,
(घ) अस्पतालले प्रदान गरेको विभिन्न सेवाबाट प्राप्त रकम,
(ङ) ज्ञघस्वदेशी संघ, संस्था वा व्यक्तिहरूबाट दानदातव्य, चन्दा स्वरुप प्राप्त रकम, दोस्रो संशोधनद्वारा संशोधित दोस्रो संशोधनद्वारा थप
(च) बहालवाला तथा सेवानिवृत्त कर्मचारीबाट प्राप्त रकम,
(छ) अन्य श्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को ज्ञद्धखण्ड (च) बमोजिमको रकमको निर्धारण र त्यस्तो रकमजम्मा गर्ने प्रकृया नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमहुनेछ ।
(४) उपदफा (२) को खण्ड (ग) बमोजिम विदेशी सरकार, संघ संस्था वा व्यक्ति वा अन्तर्राष्ट्रिय संघ संस्थाबाट रकम प्राप्त गर्नुअघि समितिले नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्नेछ ।
(५) समितिको कोषमा रहने रकम समितिले तोकेको नेपालभित्रको कुनै बैंकमा जम्मा गरिनेछ ।
(६) कोषको सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।