दफा
परिभाषा

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित निजामती कर्मचारी अस्पताल विकास समिति सम्झनुपर्छ ।
(ख) “अस्पताल” भन्नाले निजामती कर्मचारी अस्पताल सम्झनुपर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनुपर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शव्दले समितिको अध्यक्ष रसदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक
सम्झनुपर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको विनियम वा निर्देशिकामा तोकिए वा तोकिए बमोजिम सम्झनुपर्छ ।