दफा ६
समितिको कोष
६. समितिको कोष
(१) समितिको आफ्नो एउटा छुट्टै कोष रहनेछ ।
(२) समितिको कोषमा देहाय बमोजिमका रकमहरू रहनेछन ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदानको रकम,
(ख) अस्पतालको सेवा प्रदान गरे बापत प्राप्त रकम,
(ग) कुनै विदेशी राष्ट्र वा दातृ संस्थाबाट प्राप्त रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) समितिको सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) समितिको कोषमा प्राप्त हुने रकम समतिको नाममा कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) समितिको कोषको संचालन अस्पतालको निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(६) उपदफा (२) को खण्ड (ग) बमोजिम रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारबाट स्वीकृति प्राप्त गर्नु पर्नेछ र त्यस्तो रकम जुन कार्यक्रमका लागि प्राप्त भएको छ सोही कार्यक्रममा खर्च गर्नु पर्नेछ ।