दफा
समितिको कोष

८.८. समितिको कोष ः

(१) समितिको नाममा एउटा छुट्टै कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहने छन् ः–

(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) अस्पतालले प्रदान गरेको सेवा तथा सुविधा वापत प्राप्त रकम,
(ग) विदेशी सरकार, संघ, संस्था वा व्यक्तिबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम,
(घ) स्वदेशी व्यक्ति, संघ, संस्था वा निकायबाट प्राप्त रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।

(३) समितिले उपदफा (२) को खण्ड (ग) बमोजिम कुनै रकम प्राप्त गर्नु अघि नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) समितिको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(५) समितिको कोषमा रहेको रकम समितिले नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नेछ ।
(६) समितिको कोषको सञ्चालन समितिले तोके बमोजिम हुनेछ ।