दफा
समितिको गठन
: (१) कोषको उद्देश्य प्राप्तिको लागि यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कोषले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीहरुको सञ्चालन, रेखदेख तथा प्रबन्ध गर्न एक सञ्चालक समिति गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहने छन् :-
(क)  मन्त्रालयको सचिव वा नेपाल
सरकारले तोकेको विशिष्ठ श्रेणीको
अधिकृत                                                       – अध्यक्ष
(ख)    सहसचिव, अर्थ मन्त्रालय                   – सदस्य
(ग)     सहसचिव, कानून, न्याय तथा संसदीय
मामिला मन्त्रालय                                            – सदस्य
(घ)    कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैङ्क     – सदस्य
(ङ)     बैङ्क तथा वित्तीय क्षेत्रमा कम्तीमा
दश वर्ष अधिकृत द्वितीयस्तरको
पदमा कार्य गरेको व्यक्तिहरुमध्येबाट
मन्त्रालयले तोकेको वा मनोनीत
गरेको व्यक्ति                                               – सदस्य
(च)    चार्टर्ड एकाउण्टेण्ट भई कम्तीमा दश
वर्षको लेखा सम्बन्धी कार्य अनुभव
       प्राप्त गरेको व्यक्तिहरूमध्येबाट
       मन्त्रालयले तोकेको वा मनोनीत
       गरेको व्यक्ति                                      – सदस्य
(छ)    प्रमुख कार्यकारी अधिकृत     – सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमको सदस्यको कार्यकाल चार वर्षको हुनेछ र निजहरुलाई अर्को एक कार्यकालको लागि पुन मनोनीत गर्न वा तोक्न सकिनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (ङ) वा (च) बमोजिम मनोनीत वा तोकिएको सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा निजलाई मन्त्रालयले पदबाट हटाउन सक्नेछ ।त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।