दफा १२
समिति

(१) परिषद्को निर्णयहरू कार्यान्वयन गर्न परिषद्ले तोकिए बमोजिम विभिन्न विषय सम्बन्धी समितिहरूको गठन गर्न सक्नेछ ।

(२) उपदफा(१) बमोजिम गठन हुने विषय समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्ले तोके बमोजिम हुनेछ ।