दफा ४४
सम्पत्ति तथा साधनको रोक्का वा नियन्त्रण
(१) ऐनको दफा १८ बमोजिम सम्पत्ति वा साधन रोक्का राख्दा वा नियन्त्रणमा लिँदा कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधनलाई प्राथमिकता दिई त्यस्तो सम्पत्ति वा साधनलाई रोक्का गर्नु वा नियन्त्रणमा लिनु पर्नेछ।
(२) उपनियम- (१) बमोजिम रोक्का गरेको वा नियन्त्रणमा लिएको सम्पत्ति वा साधन कसूरबाट प्राप्त वा सोबाट बढे वा बढाएको सम्पत्ति वा साधन बराबरको नभएको वा नपाइएको अवस्थामा त्यस्तो सम्पत्ति वा साधनको मूल्य बराबरको अन्य सम्पत्ति वा साधन रोक्का गर्नु वा नियन्त्रणमा लिनु पर्नेछ।
(३) ऐनको दफा ३४क. वा ३४ख. बमोजिम बिगो भराई:दिनु पर्ने वा क्षतिपूर्ति भराई दिनु पर्ने अवस्थाको मागदाबी वाःविषय भएमा सोको लागि आवश्यक सम्पत्ति वा साधन समेत रोक्का राख्ने वा नियन्त्रणमा लिनु पर्नेछ।
(४) अनुसन्धानको सिलसिलामा सम्पत्ति वा साधन पहिचान तथा खोजतलास गर्दा कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन निर्दोष तेस्रो पक्षको हक, भोग, स्वामित्व वा हितमा रहेको देखिएमा सो मूल्य बराबरको अन्य सम्पत्ति कसूरदारसँग रहेको वा कसूरदार वास्तविक धनी भएको पाइएमा त्यस्तो सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ।
(५) ऐनको दफा १८ बमोजिम सम्पत्ति वा साधन रोक्का राख्दा वा नियन्त्रणमा लिँदा अनुसन्धान अधिकारीले कसूरसँग सम्बन्धित सम्पत्ति वा साधन अनुसूची-४ बमोजिमको वा सम्बद्ध कसूरसँग सम्बन्धित प्रचलित कानून बमोजिमको आदेशको ढाँचामा रोक्का राख्ने वा नियन्त्रण लिने आदेश जारी गरी त्यस्तो सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ।