दफा १२
सम्पत्ति रोक्का वा जफत गर्न अनुरोध गर्न सक्ने
(१) न्यायिक कारबाहीसँग सम्बन्धित सम्पत्ति वा त्यसको केही अंश विदेशी राज्यमा रहेको छ भन्ने कुरामा विश्वास गर्ने पर्याप्त आधार देखिएमा अदालतले त्यस्तो सम्पत्ति रोक्का राख्ने वा जफत गर्ने आदेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा अदालतले त्यस्तो सम्पत्ति रोक्का राख्न वा जफत गर्नको लागि केन्द्रीय अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा अदालतले त्यस्तो सम्पत्ति रोक्का राख्न वा जफत गर्नको लागि केन्द्रीय अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।