नियम ८
सम्बन्धन
(१) नियम ६ बमोजिम आशयपत्र प्राप्त गरेको शिक्षण संस्थाले सम्बन्धनको सिफारिसको लागि अनुसूची-३ बमोजिमको ढाँचामा आयोग समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा ऐन तथा आयोगले तोकेको मापदण्ड पूरा गरी स्वयं मूल्याङ्कन प्रतिवेदन समेत संलग्न गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम निवेदन दिने संस्थाले ऐन बमोजिमका मापदण्ड पूरा गरे वा नगरेको सम्बन्धमा समिति आफैँले वा सम्बन्धित विषयका विज्ञहरूबाट अध्ययन गराउन तथा आवश्यकता अनुसार स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।
(४) उपनियम (३) बमोजिमको अध्ययन वा निरीक्षणबाट सम्बन्धन दिन मनासिब देखिएमा समितिले आयोगमा सिफारिस गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम समितिको सिफारिस समेतका आधारमा आयोगले शिक्षण संस्थालाई सम्बन्धन दिन सम्बन्धित विश्वविध्ालयलाई सिफारिस गर्न सक्नेछ।