दफा १६९
सम्बन्धित जिल्ला अदालतलाई अधिकार क्षेत्र हुने
(१) अपराध संहितामा उल्लिखित मुद्दामा जिल्ला अदालतले शुरु कारबाही, सुनुवाइ र किनारा गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपराध संहितामा मुद्दा हेर्ने अधिकारी सम्बन्धमा छुट्टै व्यवस्था भएको वा सो संहितामा उल्लिखित मुद्दामध्ये नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी छुट्टै मुद्दा हेर्ने अधिकारी तोकिदिएकोमा त्यस्ता अधिकारीबाट त्यस्ता मुद्दाको शुरु कारबाही, कारबाही, सुनुवाइ र किनारा गर्न बाधा पर्ने छैन ।
(३) कानून बमोजिम कुनै अदालत, निकाय वा अधिकारीलाई मुद्दामा कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकार भएको तर त्यस्तो अदालत वा निकाय गठन नभएको वा अधिकारी नतोकिएको अवस्थामा त्यस्तो अदालत वा निकाय गठन नभएसम्म वा अधिकारी नतोकिएसम्म त्यस्तो मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्ने अधिकार समेत सम्बन्धित जिल्ला अदालतलाई हुनेछ ।