दफा २९
सम्बन्धित निकायमा पठाउन सकिने
यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतको कसूर अनुसन्धान गर्दै जाँदा अन्य कानून अन्तर्गत अनुसन्धान गर्नु पर्ने देखिएमा अनुसन्धानको प्रगति विवरण सहित त्यस्तो कसूरको अनुसन्धान गर्ने सम्बन्धित निकाय वा अधिकारी समक्ष पठाउन सकिनेछ ।