दफा ९३
सम्मानको खातिर स्वीकार गर्ने तरीका
सम्मानको खातिर स्वीकार गर्न चाहने व्यक्तिले आफ्नो हस्ताक्षरले ड्रअर वा फलाना दरपीठ गर्ने व्यक्तिको सम्मानको खातिर स्वीकार गरेको भनी सम्बन्धित विनिमेयपत्रमै लेखी सहीछाप गर्नुपर्नेछ । त्यस्तो नाम उल्लेख नभएकोमा ड्रअरको सम्मानको खातिर स्वीकार गरेको मानिनेछ ।