दफा २०
सरुवा गर्ने र काजमा खटाउने अधिकार
(१) सहायक तहको कर्मचारीको सरुवा गर्ने र काज खटाउने अधिकार अख्तियारवालालाई हुनेछ ।
(२) अधिकृत तहको कर्मचारीको सरुवा गर्ने र काज खटाउने अधिकार देहाय अधिकारीलाई हुनेछः–
(क) छैठौं र सातौं तहका कर्मचारीको हकमा सम्बन्धित विभागीय महानिर्देशक वा महानिर्देशक पद नभएको विभागमा निर्देशक,
(ख) आठौं, नवौं र दशौं तहका कर्मचारी हकमा मन्त्रालयको सचिव ।