दफा ११८
सवारी चलाउन प्रतिबन्ध लगाउने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभागले सार्वजनिक सुरक्षा तथा सर्वसाधारणको भलाईको निमित्त कुनै सार्वजनिक स्थानमा कुनै सवारी चलाउनमा प्रतिबन्ध लगाउन सक्नेछ । यसरी प्रतिबन्ध लगाइएकोमा विभागले सो कुराको सूचना त्यस्तो स्थानमा टाँस्न, टाँग्न वा जडान गर्न लगाउनु पर्छ ।