दफा २८
सवारीको लगत राख्नु पर्ने
अधिकार प्राप्त अधिकारीले यस ऐन बमोजिम दर्ता भएको प्रत्येक सवारीको धनीको नाम, ठेगाना, सवारी दर्ता भएको मिति, दर्ता नम्बर, सवारी निर्माताको नाम, मोडेल, वर्ष, इन्जीन नम्बर, चेसिस नम्बर, सवारीको किसिम र वजन इत्यादि समेत स्पष्ट रूपमा खुल्ने गरी दर्ता किताबमा लेख्न लगाई सवारीको लगत अद्यावधिक राख्नु पर्छ । त्यस्तो दर्ता किताबको सम्बन्धित पानामा सवारी धनीको फोटो समेत टाँसिएको हुनु पर्छ ।