दफा ५१झ
सहकारी खेती गर्नेलाई सुविधा दिइने
जग्गाको चक्लाबन्धी गरी तोकिए बमोजिमको कृषि उत्पादन गर्नको लागि सहकारी खेती गर्न चाहने दश वा सोभन्दा बढी जग्गावालाहरूको समूहलाई त्यस्तो खेती गर्नको लागि चाहिने कृषि औजार, कृषि प्रविधि, मल, बीउ, सिँचाई, विद्युत आदिको लागि नेपाल सरकारले उपयुक्त सुविधा र सहुलियत उपलब्ध गराउन सक्नेछ ।