दफा १०५
सहिछाप वा करार गर्ने योग्य थिएन भनी भन्न नपाउने अवस्था
विनिमेय अधिकारपत्रमा दरपीठ गर्ने व्यक्तिले पछिल्लो धारकद्वारा चलाईएको मुद्दामा विनिमेय अधिकारपत्रमा उल्लिखित पूर्व पक्षहरूको सहिछाप वा निजहरू करार गर्ने योग्य थिएन भनी भन्न पाउने  छैन ।