नियम १५
साक्षी बुझ्ने
(१) वादी वा प्रतिवादीले अभियोगपत्र वा प्रतिउत्तरपत्र वा बयानमा साक्षीको
उल्लेख गरेको अवस्थामा प्रतिवादीले बयान वा लिखित प्रतिउत्तर दिइसकेपछि वा सोको
म्याद नाघेपछि त्यस्ता साक्षी प्रचलित कानूनले प्रमाणमा लिन सकिने भएमा
न्यायाधिकरणले अवधि तोकी साक्षी उपस्थित गराउन आदेश दिन सक्नेछ ।
(२) न्यायाधिकरणले उपनियम (१) बमोजिम साक्षी उपस्थिति गराउने आदेश
दिएमा आ–आफ्नो पक्षका साक्षी न्यायाधिकरण समक्ष उपस्थित गराउने दायित्व सम्बन्धित
पक्षको हुनेछ ।