दफा ८१
साधारण रेखाङ्कित चेक
चेकको अग्र भागमा दुई समानान्तर रेखाभित्र “र कम्पनी” (एण्ड कम्पनी) वा त्यसको संक्षिप्त शब्दहरू लेखिएको वा दुई समानन्तर रेखा मात्र कोरिएका भए त्यसमा “विनिमेय गर्न नसकिने” (नट् नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको वा नलेखिएको जे भए तापनि त्यस्तो चेकलार्ई साधारण रेखाङ्कित चेक मानिनेछ ।