दफा ३७
सानातिना त्रुटी सच्याउन आदेश दिन सक्ने
(१) अदालतमा दायर भएको मुद्दाको अभियोगपत्रमा सानातिना त्रुटी भई सच्याउन परेमा सम्बन्धित सरकारी वकिलले सम्बन्धित अदालत समक्ष त्यसको कारण खुलाई निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदन जाँचबुझ गर्दा त्रुटी सच्याउन मनासिब देखिएमा अदालतले त्यस्तो त्रुटी सच्याउन आदेश दिन सक्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्नाले अभियुुक्तको नाम, थर, उमेर वा ठेगानाको हिज्जे वा टाइपिङ्ग वा छपाइ सम्बन्धी त्रुटीलाई सम्झनु पर्छ ।