दफा १०
सार्वजनिक निकायसंग समन्वय
(१)आफनो उद्देश्य प्राप्तीको लागि बैंकले सार्वजनिक निकाय वा तिनका एजेन्सी वा निकायसंग आवश्यक समन्वय गर्नेछ । (२) नेपाल सरकारले अनुरोध गरेको खण्डमा बैंकले शोधनान्तर र बैड्ढिड्ड तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनु पर्नेछ । (३) बैंकले अनुरोध गरेको खण्डमा नेपाल सरकार, सार्वजनिक निकाय तथा निजी क्षेत्रले बैंकलाई आर्थिक तथा वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनु पर्नेछ ।