नियम १०
सिफारिस समिति
(१) कोषले लगानी गर्ने योजनाको प्रस्ताव मूल्याङ्कन तथा सिफारिस गर्न एक योजना प्रस्ताव मूल्याङ्कन तथा सिफारिस समिति रहनेछ ।
(२) सिफारिस समितिको गठन देहाय बमोजिम हुनेछः –
(क) सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय – संयोजक
(ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ग) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(घ) स्नातकोपाधि हासिल गरी आर्थिक वृद्धि, पूर्वाधार विकास वा सामुदायिक विकासको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका
व्यक्तिहरुमध्येबाट समितिले मनोनयन गरेका तीनजना – सदस्य
(ङ) सहसचिव, राष्ट्रि योजना आयोगको सचिवालय – सदस्य–सचिव
(३) उपनियम (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ ।
(४) कोषको उद्देश्य वा हित विपरीत काम गर्ने उपनियम (२) को खण्ड
(घ) बमोजिम मनोनीत सदस्यलाई समितिले जुनसुकै बखत हटाउन सक्नेछ ।
तर त्यसरी हटाउनु अघि निजलाई आफ्नो सफाईको मौका दिने अवसरबाट बञ्चित गरिने छैन ।
(५) सिफारिस समितिले आफ्नो कार्यसम्पादन गर्न सम्बन्धित क्षेत्रका विज्ञ तथा सम्बद्ध पदाधिकारीलाई आमन्त्रण गर्न सक्नेछ ।