दफा
सिफारिस समिति
: (१) पदाधिकारी तथा सभामा मनोनयन हुने सदस्यको नियुक्ति वा मनोनयनको लागि प्रधानमन्त्री समक्ष नाम सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछ :
(क) संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री – अध्यक्ष
(ख) भाषा, साहित्य,संस्कृति तथा दर्शनकोक्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट प्रधानमन्त्रीले तोकेको दुईजना – सदस्य
(२) उपदफा (१) बमोजिमको समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विधामा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट सम्भव भएसम्म भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी सबैविधाबाट प्रतिनिधित्व हुने र सवै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेट्नेगरी नाम सिफारिस गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको समितिले पदाधिकारीको नियुक्तिको लागि नाम सिफारिस गर्दा सभाका मनोनीत सदस्यहरुमध्येबाट गर्नेछ ।
(४) उपदफा (१) बमोजिमको समितिले सिफारिस गर्ने सम्बन्धमा अवलम्बन गर्ने कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।