दफा २०
सिफारिस समिति
(१) परिषद्ले यस ऐन बमोजिम उपकुलपति, रजिष्ट्रार र परिषद्को सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न कम्तीमा एकजना: महिला रहने गरी देहाय बमोजिमको सिफारिस समिति गठन गर्नेछ:-

(क) परिषद्ले तोकेको परिषद्को संदस्य - संयोजक

(ख) प्रचलित कानून बमोजिम स्थापना भएको विश्वविद्यालयको पूर्वउपकुलपति वा पूर्वअध्यक्ष वा प्राध्यापकमध्येबाट परिषद्ले मनोनयन गरेको एकजना - सदस्य

(ग) अर्थशास्त्र, ईन्जिनियरिङ्ग, आर्किटेक्चर, कानून, व्यवस्थापन, विज्ञान, शिक्षा, समाजशास्त्र, चिकित्साशास्त्र, मानविकी वा शैक्षिक प्रशासन सम्बद्ध व्यक्तिमध्येबाट परिषद्ले मनोनयन गरेको एकजना _ सदस्य

(२) उपदफा (१) बमोजिमको सिफारिस - समितिले उपकुलपति वा रजिष्ट्रार पदमा नियुक्तिका लागि: सिफारिस गर्न सार्वजनिक सूचना प्रकाशन गरी योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्नेछ।

(३) सिफारिस समितिले उपदफा (२) बमोजिम प्राप्त दरखास्तको छनोट तथा नियुक्तिका लागि योग्य उम्मेदवारको सिफारिस तोकिए बमोजिम गर्नु पर्नेछ।

(४) उपदफा (३) बमोजिम सिफारिस भएको व्यक्तिलाई परिषद्ले पन्ध्र दिनभित्र उपकुलपतिपदमा नियुक्ति गर्नु पर्नेछ।