दफा १०७
सीट सुरक्षित राख्नु पर्ने
(१) स्थानीय बाटोमा चल्ने यात्रीबाहक सार्वजनिक ठूलो सवारीमा चारवटा सीट अशक्त व्यक्तिका लागि र दुईवटा सीट महिलाहरूका लागि सुरक्षित राख्नु पर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।
(२) लामो बाटोमा चल्ने यात्रीबाहक सार्वजनिक सवारीमा दुईवटा सीट संसद सदस्यका लागि र दुईवटा सीट महिलाहरूका लागि सुरक्षित राख्नु पर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ ।
तर त्यस्तो सीट त्यस्तो सवारी गन्तव्य स्थानतर्फ प्रस्थान गर्ने चारघण्टा अघिसम्म मात्र सुरक्षित राखिनेछ ।
(३) उपदफा (२) बमोजिम व्यवस्थापिका–संसद सदस्यले खरिद गरेको टिकट अन्य कुनै यात्रीको नाममा हस्तान्तरण हुन सक्ने छैन ।