नियम १५
सीपमूलक तालीम
(१) केन्द्रले राष्ट्रिय समिति तथा जिल्ला समितिसँग समन्वय गरी केन्द्रमा रहेका पीडितहरुका लागि सीपमुलक तालीमको व्यवस्था गर्नुपर्नेछ ।
(२) नियम ४ को उपनियम (१) को खण्ड (ज) बमोजिम लागू भएको मापदण्डको आधारमा जिल्ला समितिले तालीमप्राप्त व्यक्तिहरुको छनौट गरी निजहरुलाई बीउ पूँजी ( सिड मनी) उपलब्ध गराउन वा यस्तो पुँजी उपलब्ध गराउन सक्ने बैंक वा वित्तीय संस्था वा कार्यक्रमसँग समन्वय गरिदिनेछ ।
(३) यस नियम बमोजिम तालीमप्राप्त व्यक्तिहरुलाई केन्द्रले रोजगार बजार सम्बन्धी सूचना प्रवाह तथा रोजगारीको लागि सहजीकरण गर्नु पर्नेछ ।